बुधबार, जेठ २१, २०७७

प्रविधि

एप्पल स्टोर विश्वव्यापी रुपमा बन्द

1584178602apple_store.jpg

एजेन्सी- चर्चित मोबाइल उत्पादक कम्पनी एप्पलले विश्वभरीका आफ्ना स्टोरहरु बन्द गरेको छ।

कोरोना संक्रमणको त्रासका कारण विश्वभरका सबै अधिकृत विक्रि केन्द्रहरु बन्द गरिएको हो।

एप्पलका सिईओ टिम कुकले ट्वीरमार्फत् यो जानकारी दिएका हुन्। उनका अनुसार मार्च २७ सम्म चीनबाहेक विश्वका सबै ठाउँमा रहेका स्टोरहरु बन्द हुनेछन्।

साथै टिम कुकले विश्वभर संक्रमण फैलिईरहेको कोरोना भाइरसको नियन्त्रणका लागि एप्पलको तर्फबाट १५ मिलियन डलर अर्थात् झण्डै एक अर्ब ७७ करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्